+
+

एमालेले विराटनगरबाहेक मोरङका सबै पालिकामा उम्मेदवार टुङ्गो लगायो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १०:४२

११ वैशाख, विराटनगर । मोरङका १७ मध्ये १६ पालिकामा नेकपा एमाले मोरङले उम्मेदवार टुङ्गो लगाएको हो । विराटनगर महानगरपालिका बाहेकका पालिकामा उम्मेदवारको टुङ्गो लगाएको हो ।

एमाले मोरङ सचिव रुपेश खतिवडाका अनुसार मिक्लाजुङ गाउँपालिका अध्यक्षको टिकट नरेन्द्र ढुंगेल र उपाध्यक्षको टिकट निर्मला राईले पाएका छन् ।

उर्लाबारी नगरपालिका प्रमुखको टिकट गंगा खरेल र उपप्रमुखको टिकट मिना पौडेललाई दिने निर्णय भएको छ । रतुवामाई नगरपालिका प्रमुखको टिकट दुर्गा विष्ट र उपप्रमुखको टिकट दयामन्ता चुडालले पाएकी छन् ।

सुनबर्सी नगरपालिका प्रमुखको टिकट श्याम राजवंशी र उपप्रमुखको टिकट मिरा दासले पाएका छन् ।

रंगेली नगरपालिकाको मेयरको टिकट दिलीप बगडीया र उपमेयरको टिकट भुमा पराजुलीले पाएका छन् । धनपालथान गाउँपालिका अध्यक्षको टिकट मुसहरू मण्डल र उपाध्यक्षको टिकट उपासीदेवी रावंशीले पाएका छन् ।

ग्रामथान गाउँपालिका अध्यक्षको उम्मेदवार शिवनारायण माझी र उपाध्यक्षको उम्मेदवार गुणवती धामी हुने भएकी छन् ।

बुढीगंगा गाउँपालिकामा अध्यक्षको उम्मेदवार बलभद्र सरदार र उपाध्यक्षको उम्मेदवार तलसा कुवर विष्ट बन्ने भएका छन् ।

कटहरी गाउँपालिका अध्यक्षको टिकटसुवास सरदार र उपाध्यक्षको टिकट सीता राजवंशीले पाएका छन् । जहदा गाउँपालिकाअध्यक्षमा यशोदा गिरी र उपाध्यक्षमा अनिता सोरेनले उम्मेदवारको टिकट पाएका छन् ।

पथरी शनिश्चरे नगरपालिका प्रमुखको टिकट मोहन तुम्बापो र उपप्रमुखको टिकट देवीमाया काफ्लेले पाएका छन् । कानेपोखरी गाउँपालिका अध्यक्षको टिकट राजमती इङनाम र उपाध्यक्षमा भोला अधिकारीले पाएका छन् ।

लेटाङ नगरपालिका प्रमुखको टिकट भुपेन्द्र लावती र उपप्रमुखको टिकट कृष्णकुमारी निरौलाले पाएका छन् । केराबारी गाउँपालिका अध्यक्षको टिकट सुमन मिरिङदेन र उपाध्यक्षको टिकट मनमाया मगरले पाएका छन् ।

सुन्दरहरैचा नगरपालिका प्रमुखको टिकट केदार गुरागाई र उपप्रमुखको टिकट अकली चौधरीले पाएका छन् ।

बेलबारी नगरपालिका प्रमुखको टिकट डिपि राई र ज्ञानेन्द्र सुवेदी मध्ये एक जनाले पाउने छन् । उपप्रमुखमा गंगा श्रेष्ठले टिकट पाएका छन् ।

विराटनगरको मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लगाउन पनि बाँकी रहेको जिल्ला सचिव खतिवडाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?