+
+

पाल्पामा एमालेले टुंग्यायो सबै पालिकाको उम्मेद्‍वार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १४:४०

११ वैशाख, पाल्पा । नेकपा एमाले पाल्पाले १० वटै स्थानीय तह प्रमुख र उपप्रमुखका उम्मेद्‍वार टुंगो लगाएको छ ।

नेकपा एमाले पाल्पाको बैठकले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेलाई तानसेन नगरपालिकाको प्रमुख तथा यसअघि कार्यपालिका सदस्य रहेकी शशी श्रेष्ठलाई उप–प्रमुखमा उम्मेद्‍वार बनाउने निर्णय गरेको छ ।

यस्तै रामपुर नगरपालिकाको प्रमुखमा अधिवक्ता शिव अर्याल र उप–प्रमुखमा दुर्गा रानाले उम्मेदवारी दिने भएका छन् ।

निस्दी गाउँपालिका अध्यक्षमा मुक्तबहादुर सारु, उपाध्यक्षमा तीरण श्रेष्ठ, पूर्वखोलाको अध्यक्षमा नुनबहादुर थापा तथा उपाध्यक्षमा भागिरथी भट्टराई, रम्भाको अध्यक्षमा विष्णुप्रसाद भण्डारी र उपाध्यक्षमा राधादेवी श्रेष्ठले उम्मेदवारी दिने तयारी भएको नेकपा एमाले तानसेन नगर प्रमुख गुराँस आत्रेयले जानकारी दिए ।

यस्तै बगनासकाली गाउँपालिका अध्यक्षमा सरस्वती चिदी र उपाध्यक्षमा हरी पाठक, तिनाउ गाउँपालिकामा अध्यक्षमा प्रेम श्रेष्ठ, उपाध्यक्षमा सावित्रा राना, माथागढी गाउँपालिका अध्यक्षमा यमबहादुर चिदी र उपाध्यक्षमा विष्णु लुङ्चे, रिब्दीकोट गाउँपालिका अध्यक्षमा नारायणबहादुर जीसी र उपाध्यक्षमा लक्ष्मी खनाललाई उम्मेद्वार बनाइने छ ।

रैनादेवी छहरामा रामबहादुर राउत र उपाध्यक्षमा गीता भट्टराई घिमिरे उम्मेद्‍वार बन्ने टुंगो लगाएको नेकपा एमाले पाल्पाले जनाएको छ ।

वडा अध्यक्ष र सदस्यहरुको टुंगो लगाउन बैठक जारी छ । पाल्पामा शनिबार मात्रै सत्ता साझेदार दलहरुको बैठकले प्रमुख र उप प्रमुखको भागबण्डा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?