+
+

सल्यानको छत्रेश्वरी गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाले दियो उम्मेद्‍वारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १४:५१

११ वैशाख, सल्यान । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको समर्थनमा सल्यानको छत्रेश्वरी गाउँपालिका अध्यक्षमा लोक्पाल केसीले  उम्मेद्‍वारी दिएका छन् ।

केसीले आज निर्वाचन अधिकृतको कार्यालय छत्रेश्वरीमा उम्मेदवारी स्वतन्त्रबाट पहिलो उम्मेद्‍वारी दर्ता गराएका हुन् । उनको समुहबाट उपाध्यक्षमा हिरा बुढाले पनि स्वतन्त्र उम्मेद्‍वारी दर्ता गराएकी छन् ।

यहि टिमबाट वडा नम्बर १, २, ३, ४ मा पनि स्वतन्त्र वडाध्यक्ष र वडा सदस्यहरु उम्मेदवारी परेको छ । यो टिमले बाँकी ३ वटा वडाहरुमा पनि भोलिसम्म उम्मेद्‍वारी दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?