+
+

पोखरामा कांग्रेसका पदाधिकारी पार्टी कार्यालयमा थुनिए

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १४:५६
फाइल तस्वीर

११ वैशाख, पोखरा । पोखरा महानगरपालिकामा चुनावी तालमेलको विपक्षमा रहेका नेपाली कांग्रेसका कार्यकर्ताले जिल्ला समिति कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुनेका छन् ।

सत्तारुढ गठबन्धनभित्र पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार कांग्रेसले पाउनुपर्ने माग गर्दै आएका उनीहरुले जिल्ला समितिका पदाधिकारी बैठकमा रहेका बेला थुनिदिएका हुन् । सत्तारुढ गठबन्धनमा पोखराको मेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादीले पाउने सहमति भइसको छ ।

कांग्रेसका जिल्ला सचिव भानु ढकालले आफूहरु थुनिएको बताए । ‘भित्र बैठक चलिरहेको छ । कार्यकर्ताहरु आएर थुनिदिनुभएको छ । बाहिर निस्किन दिनुभएको छैन,’ उनले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?