+
+

भारतमा रथ यात्रामा करेन्ट लाग्दा ११ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १२:२६

१४ वैशाख, काठमाडौं । भारतको तमिलनाडुमा रथयात्राको क्रममा करेन्ट लाग्दा ११ जनाको मृत्यु भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटनामा मृत्यु भएकाका परिवारलाई २ लाख रुपैयाँको दरले राहत दिने घोषणा पनि गरेका छन् । यसैगरी घाइतेलाई प्रधानमन्त्री राहत कोषबाट ५०–५० हजार रुपैयाँ दिने पनि मोदीले बताएका छन् ।

त्यसअघि तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले मृतक परिवारलाई ५–५ लाख रपैयाँ दिने घोषणा गरेका थिए ।

बुधबार बिहान तमिलनाडुको तंजाबुरको एक मन्दिरको रथयात्राको क्रममा हाई भोल्टेजको तारमा छोइँदा ११ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए ।

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?