+
+

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त टंगालबाट पक्राउ

बैंकिङ कसूर मुद्दामा एकजना फरार अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १३:०५

१४ वैशाख, काठमाडौं। बैंकिङ कसूर मुद्दामा एकजना फरार अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको छ ।

ओखलढुंगाको सुनकोशी गाउँपालिका-१ घर भई बुढीनीलकण्ठ नगरपालिका-१० शिवमन्दिर कपन बस्‍दै आएका ३४ वर्षीय रामकुमार राईलाई मंगलबार सीआईबीको टोलीले पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले २०७८ फागुन २९ गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै २ दिन कैद सजाय र ११ लाख ६९ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

राईले राष्ट्रिय वाणिज्य बैंक खातामा पर्याप्त रकम नभएको जानी-जानी चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।

टंगालमा लुकिछपी बसिरहेको अवस्थामा राईलाई पक्राउ गरी फैसला कार्यान्वयनाका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?