+
+

विराटनगरका मेयर पराजुलीले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १८:०५

१४ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पदबाट राजीनामा दिएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पराजुलीले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउनका लागि सक्रिय सहभागी हुनुपर्ने भन्दै उनले मेयरबाट राजीनामा दिएको बताए ।

राजीनामा पत्रमा भएिको छ, ‘म नेपाली कांग्रेसको केन्द्रीय सदस्य पनि हुँ । आसन्न निर्वाचनमाा पार्टीको प्रचार प्रसार तथा निर्वाचन सम्बन्धी विविध गतिविधिमा सहभागी हुनुपर्ने भएकोले वर्तमान अवस्थामा बहाल रहेको प्रमुखको पदमा बसिरहन नैतिकताको आधारमा उपयुक्त नदेखिएकोले १४ वैशाखदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको छु ।’

हेर्नुहोस् राजीनामाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?