+
+

उदयपुरमा उम्मेदवारी दर्तामा उजुरी न्यून

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १८:०५

१४ वैशाख, उदयपुर । ३० वैशाखमा हुने स्थानीय निर्वाचनका लागि भएको उम्मेदवारी दर्ताका क्रममा उदयपुरमा त्रुटिकम हुनुका साथै उजुरी पनि न्यून परेको छ ।

मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायधीश दिपक खनालका अनुसार यसपटक मनोनयन दर्ता कम्प्यूटर प्रणालीबाट गरिएकाले त्रुटि कम आएको छ ।

मनोनयन दर्ताका लागि उम्मेदवारको आवश्यक सबै कागजात र प्रक्रिया कम्प्युटरमा समावेश गर्नु पर्ने भएकोले त्रुटि कम आएको हो ।

उदयपुरमा उम्मेदवारमाथिको उजुरी पनि कम मात्र परेको छ । चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह मध्ये रौतामाई गाउँपालिका र बेलका नगरपालिका बाहेक ६ पालिकामा उजुरी नै परेन । रौतामा ४ वटा र बेलकामा १ जना उम्मेदवारमाथि उजुरी परेको छ ।

निर्वाचन अधिकृतको कार्यालयहरुले उजुरी परेको ठाउँमा जाँचबुझ गरी १५ वैशाखमा निर्णय दिने र उम्मेदवार नामावली प्रकाशन गर्ने जनाएको छ । १६ गते उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशन गर्ने र १७ गते उम्मेदवार चिन्ह प्रदान गरिनेछ ।

अचारसंहिता उल्लंघन गर्नेमाथि कडाइ

उदयपुरमा निर्वाचन आचारसंहिता उलंघन रोक्नलाई कडाइ गरिएको छ ।

सार्वजनिक स्थलमा दलहरुको चुनाव चिन्ह, झण्डा, पोष्टर राख्न नदिने, राखेकोमा प्रहरीले हटाउने, सवारी साधनमा बोकेर हिडेको पाइएमा तत्कालै जफत गर्ने काम भइरहेको खनालले बताए ।

चुनावलाई सकेसम्म मितब्ययी बनाउने ढंगले भूमिका गरिरहेको मुख्य निर्वान अधिकृतको कार्यालयले राजनीतिक दल, उम्मेदवार र मतदाताहरुलाई पनि मितब्ययी बन्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?