+
+

माओवादी र कांग्रेस सधैं राष्ट्रवादको पक्षमा : महरा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते १३:११

१५ वैशाख, दाङ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले माओवादी र नेपाली कांग्रेस सधैं राष्ट्रवादको पक्षमा भएको भन्दै आसन्न निर्वाचनमा गठबन्धनले नजिते मुलुकमा अस्थीरता हुने बताएका छन् ।

प्रेस युनियन र प्रेस सेन्टरले संयुक्तरुपमा आज दाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महराले भने, ‘गठबन्धन पराजय भए मुलुक नै अस्थिरतातर्फ अघि बढ्छ, मुलुकको आगामी भाग्य र भविष्य निर्धारणका लागि गठबन्धन विजयी हुनुपर्छ ।’

महराले अहिलेको गठबन्धन पनि संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्नका निम्ति निर्माण भएको जिकिर गरे । ‘अहिले हामी बीचको गठबन्धन पनि संविधान र लोकतन्त्रको रक्षाका लागि हो,’ उनले भने ।

माओवादी र कांग्रेस विगतदेखि नै राष्ट्रियताको पक्षमा भएको बताउँदै उनले कांग्रेस र माओवादी लोकतन्त्रको पक्षमा उभिने र त्यसलाई संस्थागत गर्ने तर्फ साझा रुपमा अघि बढ्दै आएको बताए ।

पूर्व सभामुख महराले संविधान र जनताको अधिकार माथि ‘कु’ गर्दै मुलुकलाई अन्यौल र अस्थिरता तर्फ लैजान खोज्नेहरुविरुद्ध उभिनुपर्ने बेला आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?