+
+

राष्ट्रिय पौडी प्रतियोगिता विश्व पौडी र एसियाडको छनोटको आधार हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते १६:५४

१५ वैशाख, काठमाडौं । नेपाल पौडी संघले यही वैशाख २२ र २३ गते २४औं खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता आयोजना गर्दैछ ।

हंगेरीमा हुने १९ औ विश्व पौडी प्रतियोगिता, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा र चीनमा हुने एसियन गेम्सलाई मध्यनजर गरेर आयोजना गर्न लागिएको संघले जनाएको छ ।

दुई दिने यस प्रतियोगिता १९ औं विश्व पौडी प्रतियोगिताको अन्तिम तथा एशियाली खेलको लागि पहिलो चरणको छनौट प्रतियोगिता समेत रहेको संघले जनाएको छ ।

अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोमा हुने प्रतियोगितामा कुल २३ विधा समावेश रहने छ ।

प्रतियोगितामा महिला र पुरुष गरि करिब १५० जना खेलाडीको सहभागिता हुने संघले जनाएको छ ।

प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले नगद १० हजार प्राप्त गर्ने संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराए ।

प्रतियोगितामा ५ राष्ट्रिय कीर्तिमान बन्ने लक्ष्य रहेको संघले जनाएको छ । प्रतियोगिताको अनुमानिता लागत ६ लाख रहेको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?