+
+

गभर्नर अधिकारीको रिट निवेदन हेर्दाहेर्दैमा, शुक्रबार सुनुवाइ हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते १७:५२

१५ वैशाख, काठमाडौं । आफूमाथिको कारबाहीविरुद्ध नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दर्ता गरेको रिट निवेदन बिहीबार पनि हेर्दाहेर्दैमा परेको छ ।

सर्वोच्च अदालतले शुक्रबारका लागि पेशी तोकेको हो । शुक्रबार दुवै पक्षको बहस सुनेपछि सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्नेबारे आदेश गर्नेछ ।

अन्तरिम आदेशलाई निरन्तरता दिएमा मुद्दाको अन्तिम टुंगो नलागेसम्म गभर्नर अधिकारीले नियमित रुपमा काम गर्न पाउनेछन् । अन्तरिम आदेशले निरन्तरता नपाएमा भने गभर्नर माथिको छानबिन समिति सक्रिय हुनेछ र उनी फेरि निलम्बन हुनेछन् ।

गोप्य सूचना चुहाएको अनि काममा असहयोग गरेको आरोपमा सरकारले गभर्नर अधिकारीमाथि छानबिन समिति गठन गरी उनलाई निलम्बन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?