+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ट्राफिक प्रहरीको शुल्क तथा जरिवाना कुमारी बैंकको क्युआर कोडबाट भुक्तानी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १२:४६

कुमारी बैंक लिमिटेडसँगको सहकार्यमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो कार्यालयसंग सम्बन्धित शुल्क तथा जरिवाना कुमारी बैंकको क्य्ूआर प्रणालीबाट शीधै भुक्तानी गर्न सकिने सेवा सुरु गरेको छ ।

काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा भएको एक कार्यक्रममा प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले विधिवत रुपमा सेवा सञ्चालन गरे।

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले गृह प्रशासनलाई डिजिटलाइज गर्ने नेपाल सरकारको कार्ययोजना सफल बनाउन यस्ा प्रणालीको सुरुवातले सहयोग पुगेको बताए ।

यो सेवाको शुरुवातले अब विना नगद तथा झन्झट सेवाग्राहीले छोटो समयमा नै आफ्नो काम सम्पन्न गरी सेवा प्राप्त गर्न सकिने तथा राजस्व संकलनमा सहज हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमका अतिथि कुमारी बैंक लिमिटेडका डिजिटल बैकिङ्ग विभागका प्रमुख अनिश ताम्राकारले समयको परिवर्तन संगै प्रविधिमैत्री सेवा विस्तार गर्न कुमारी बैंकसदैब अगाडि बडिरहने बताउँदै डाइनामिक क्युआर प्रविधिबाट राजस्व संकलन गर्ने प्रणालकिो शुरुवात एउटा नयँा आयाम भएको विचार व्यक्त गरे । आगामी दिनमा अन्य कार्यालयबाट पनि यस प्रकारका सेवा सुचारु गरिने बताए ।

प्रणाली अन्तर्गत सेवाग्राहीले राजस्व रकम भुक्तानी गर्दा क्युआर कोड स्क्यान गर्ना साथ रकम सहित सम्पूर्ण विवरण सेवाग्राहीले प्राप्त गरी शीधै भुक्तानी गर्न सकिने जानकारी गराए ।

कार्यक्रममा उपस्थित फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले जुनसुकै बैकमा रहेको खाताबाट  क्यूआर स्क्यान गरी सुरक्षित डिजिटल प्रणालीबाट भुक्तानी गर्न सकिने सुविधा यस प्रणालीमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?