+
+

राष्ट्रिय फुटबल टिमको प्रशिक्षणमा १७ जना खेलाडी थपिए

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १६:५७

१६ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नयाँ १७ जना खेलाडी थपेर प्रशिक्षणलाई निरन्तरता दिएका छन् ।

प्रशिक्षकले मानसिक दबाव दिएको भन्दै १० जना खेलाडीले प्रशिक्षण छाडेका थिए ।

ती १० जना खेलाडीको सट्टामा अल्मुताइरीले नयाँ १७ जनालाई टिममा थपेर प्रशिक्षण दिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

टिममा बोलाइएका नयाँ खेलाडीमा विकेश कुथु, विशाल सुनार, अभिषेक बराल, आकाश बुढा मगर, आशिष चौधरी, विकास तामाङ, जर्ज प्रिन्स कार्की, मनिष जर्घा मगर, निरकुमार राई, राजन गुरुङ, रोशन राना मगर, रुपबहादुर लामा, सञ्जोक राई, सेसेहाङ आङदेम्बे, शिव गुरुङ, सुनिल श्रेष्ठ र सुशील राई छन् ।

यसअघि विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी, सुमन लामा, रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ, विशाल राईले प्रशिक्षण छाडेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?