१६ वैशाख, पोखरा । पोखरा महानगरपालिकामा सत्तारुढ दलहरुबीच मेयर र उपमेयर पदमा मात्र तालमेल हुने भएको छ । वडास्तरमा तालमेल गर्ने विषयमा शुक्रबार दलहरुबीच भएको छलफलमा सहमति नजुटेपछि मेयर र उपमेयरमा मात्र तालमेल हुने भएको हो ।
वडास्तरमा अब सबै दलले आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार बसेको गठबन्धनमा रहेका दलको बैठकमा सहमति हुन नसकेपछि एक्लाएक्लै प्रतिस्पर्धा गर्ने समझदारी गरेको नेकपा माओवदी केन्द्रका पोखरा महानगरपालिका इन्चार्ज दीपक कोइरालाले बताए ।
पोखरा महानगरपालिकामा ३३ वटा वडा छन् । सत्तारुढ दलहरुबीच मेयर एकीकृत समाजवादीले पाउने र उपमेयर कांग्रेसले पाउने सहमति यसअघि नै भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4