
१६ वैशाख, पोखरा । सत्तारुढ गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका विमलबहादुर कार्कीले नेतृत्वले गरेको गल्तीका कारण आफूले उम्मेदवारी फिर्ता नलिएको बताएका छन् । उनले अन्तिम समयसम्म आफूलाई उम्मेदवारी फिर्ता गराउने प्रयास गरे पनि नमानेको अनलाइनखबरलाई प्रतिक्रिया दिएका छन् ।
कार्कीले आफ्नो उम्मेदवारीभन्दा पहिले पार्टी सभापति शेरबहादुर देउवालाई कारबाही हुनुपर्ने जिकिर गरे । कार्कीले आइतबार नै गठबन्धन कांग्रेसको मर्मविपरीत भएको भन्दै पहिलो स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
‘हो मैले उम्मेदवारी फिर्ता लिएको छैन । नेतृत्वले गल्ती गर्यो । उसको गल्ती पूरै हामीले स्वीकार्नुपर्छ भन्ने होइन । त्यसकारण मेरो उम्मेदवारी कुनै हालतमा फिर्ता हुँदैन,’ अनलाइनखबरसँग कार्कीले भने ।
उनले अगाडि थपे, ‘नेपाली कांग्रेसले भोट नपाउने बनाएको हुनाले मलाई होइन, शेरबहादुर (पार्टी सभापति)लाई पहिला कारबाही हुनुपर्छ । फिर्ता गराउने प्रयास भइराखेको थियो । तर, मैले फिर्ता नगरेकै हो ।’
गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेसकै ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले भने उम्मेदवारी फिर्ता लिइसकेका छन् ।
प्रतिक्रिया 4