+
+

पसलेको अनौठो अफर, मोबाइल किन्दा कागती र पेट्रोल फ्री

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते १२:३६

काठमाडौं । अहिले प्रायः सबैजसो उपभोग्य वस्तुहरुको मूल्य लगातार बढिरहेको छ । अझ त्यसमा पनि कागतीको भाउ त छोइनसक्नु छ । पेट्रोलियम पदार्थको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ । आम मानिसलाई महंगीले थिचिरहेको बेला व्यापारीहरु भने आफ्नो व्यापार प्रवर्द्धनका लागि अनेक खालका तरिकाहरु अपनाउन छाडेका छैनन् ।

हालै एक मोबाइल पसलेले आफ्नो पसलका मोबाइल बिक्री गर्नका लागि अनौठो उपाय अपनाएका छन् । पसलमा मोबाइल खरीद गर्ने ग्राहक आकर्षित गर्नका लागि उनले मोबाइल खरीद वापत सित्तैमा पेट्रोल र कागती दिने अफर ल्याएका छन् ।

छिमेकी मुलुक भारतको उत्तरप्रदेश स्थित बनारसमा रहेको उक्त मोबाइल पसलेले यस्तो अनौठो अफर ल्याएका हुन् । पसलको बाहिर तथा भित्र पोस्टर समेत टाँसिएको छ जसमा उक्त पसलबाट १० हजार भारु भन्दा धेरै मूल्यको मोबाइल खरीद गर्नेलाई १ लिटर पेट्रोल सित्तैमा दिइने उल्लेख छ । त्यस्तै एक सय भारु भन्दा बढी मूल्यका मोबाइलका विभिन्न एक्सेसरिजहरु किनेमा दुईवटा कागती सित्तैमा पाइनेछ ।

सोसल मिडियामा उक्त रेष्टुरेन्टको अनौठो अफर सम्बन्धी भिडियो भाइरल बनेको छ । भिडियोमा धेरै मानिसले पसलबाट मोबाइल किनिरहेको देखाइएको छ ।

पसल सञ्चालक यश जयसवालले पनि आफ्नो पसलबाट मानिसहरुले ठूलो संख्यामा मोबाइल फोन खरीद गरेको बताएका छन् । बजारमा बढ्दो मूल्यवृद्धिलाई दृष्टिगत गरी आफूले यस्तो अफर ल्याएको उनको भनाइ छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?