+

युरोपेली फुटबल संघले रुसमाथि लगायो थप प्रतिबन्ध

२०७९ वैशाख  २० गते ८:४० २०७९ वैशाख २० गते ८:४०
युरोपेली फुटबल संघले रुसमाथि लगायो थप प्रतिबन्ध

२० वैशाख, काठमाडौं । युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसी फुटबलमाथि ठूलो प्रतिबन्ध लगाएको छ । यूईएफलेले रुसको राष्ट्रिय टिम र क्लबमाथि सोमबार थप प्रतिबन्ध सुनाएको हो ।

जसको असर आगामी समरमा हुने महिला युरो २०२२ समेत पर्ने छ । यूईएफले रुसको महिला टिमलाई युरो २०२२ मा प्रतिबन्ध लगाएको छ । प्लेअफमा रुससँग पराजित भएको पोर्चुगलले युरो २०२२ मा सहभागी गराउने यूईएफएले निर्णय गरेको छ ।

यस्तै रुसको कुनै पनि क्लबले आगामी सिजन युरोपको कुनै प्रतियोगितामा सहभागी हुन पाउने छैन ।

यस्तै रुसले युरो २०२८ वा २०३२ को आयोजनाका लागि पेस गरेको दाबीसमेत अयोग्य भएको यूईएफएले जनाएको छ ।

यसअघि फेब्रुअरीमा विश्व फुटबलको सर्वोच्च निकाय फिफा र यूईएफएले रुसको राष्ट्रिय टिम र रुसी क्लबमाथि अर्को सूचना नआएसम्मको लागि निलम्बन गरेको थियो ।

युरोपेली फुटबल संघ रुस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय