+
+

फुटबल विवाद राखेप र मन्त्रालयमा, खेलाडीले सदस्य सचिवलाई भेट्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते १४:४३

२० वैशाख, काठमाडौं । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको दुर्व्यवहारका कारण राष्ट्रिय टोलीको क्याम्प छाडेको भन्दै आएका १० खेलाडीले आफूहरुलाई न्याय दिन राष्ट्रिय खेलकुद परिषद (राखेप) र युवा तथा खेलकुद मन्त्रालयमा अनुरोध गरेका छन् ।

सोमबार खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग भेटेर आफ्ना कुरा राखेका खेलाडीले आज राखेप सदस्यसचिव टंकलाल घिसिङसँग भेट्दैछन् ।

अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्वले विवाद समाधानका लागि परिणाममुखी प्रयास नगरेकोमा चिन्तित भएको भन्दै खेलाडीहरुले मातहतका उपल्ला निकायमा प्रष्टीकरण दिन थालेका छन् ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सुविधाको माग राख्दा कतार फुटबल फेडेरेसनको सहयोगमा नेपाल आएका कुवेती प्रशिक्षकले क्याम्प छाडेर जान भनेको आरोप खेलाडीको छ ।

सुरुमा रोहित चन्द र त्यसपछि ९ खेलाडीले अघिल्लो बुधबार क्याम्प छाडेका थिए ।

राष्ट्रिय टिमको ड्रेसिङ रुममा देखिएको विवाद समाधानका लाग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पनि सदस्यसचिव घिसिङलाई भेटेर निवेदन दिँदैछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?