+
+

सोनु सुदले नेपाली बालिकाको पढाइ खर्च व्यहोर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते ११:३७

काठमाडौं । भारतीय अभिनेता सोनु सुद परोपकारी कार्यले चर्चित छन् । उनको यस्तो कल्याणकारी कार्य भारतमा मात्र सीमित छैन, उनले नेपालमा समेत सहयोगी हात बढाएका छन् ।

सन् २०२१ मार्चमा उनले मेरुदण्डको पक्षघातबाट पीडित नेपाली किशोर मधु पौडेलको शल्यक्रिया खर्च व्योहोरेका थिए । अभिनेता सुदले अर्की एक नेपाली किशोरीको पढाइ खर्चको जिम्मा लिएका छन् ।

वीरगञ्जकी बालिका मुस्कान कर्णको पढाइ खर्च व्योहोर्ने जानकारी सुदले ट्वीटरमार्फत दिएका छन् । ‘नेपालमा सबैलाई भनिदिनू, अब पूरा जिन्दगीको लागि तपाईंको पढाइको व्यवस्था भएको छ,’ सुदले ट्वीटरमा लेखेका छन् ।

अब सोनु फाउण्डेसनले ती नेपाली बालिकाको पढाइ खर्च व्योहोर्ने भएको छ । ट्वीटरमा विद्यापति शंकर नामक एक प्रयोगकर्ताले बालिका मुस्कानलाई सहयोग गर्न सोनुलाई आग्रह गरेका थिए । उनको जवाफमा सुदले सहयोगको वचन दिएका हुन् ।

कोरोना महामारीपछि सोनु सुदले कल्याणकारी कार्यमा समेत सक्रियता बढाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?