+
+

कञ्चनपुरमा माओवादी कार्यकर्ताबाट एमाले कार्यकर्ता कुटिए

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते १५:१२
कुटपिटबाट घाइते भएका अञ्जु चौधरी र राजेन्द्रप्रसाद अवस्थी

२१ वैशाख, महेन्द्रनगर । कञ्चनपुरमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताबाट नेकपा एमालेका कार्यकर्ता कुटिएका छन् ।

भीमदत्त नगरपालिका–१९ बागफाँटामा एमालेका स्थानीय कार्यकर्ता अञ्जु चौधरी र राजेन्द्रप्रसाद अवस्थी कुटिएका एमालेको कञ्चनपुर जिल्ला कमिटीका उपसचिव कर्णबहादुर चन्दले बताए ।

उनका अनुसार अञ्जुको टाउको र छातीमा चोट लागेको छ भने अवस्थीको पनि छातीमा चोट लागेको छ । नेकपा  माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बुधबार बागफाँटामा संयुक्त र्‍याली निकालेको थियो ।

‘एमालेको चुनाव प्रचार प्रसार गरिरहेका थियौं, गौरादेवी मन्दिरमा गठबन्धनका नेता कार्यकर्तासँग भेट भयो’, घाइते अवस्थीले भने, ‘उनीहरुलाई देखेर हामीहरुले माइकिङ बन्द गरेका थियौं, अञ्जुको खुट्टा लागेर माइक ‘अन’ भयो, त्यसपछि उनीहरु कुटपिटमा उत्रिए ।’

माओवादी केन्द्रका वीरेन्द्र चन्द र रघुवीर धामीलगायतको समुहले कुटपिट गरेको भन्दै एमालेले प्रहरीमा उजुरी दिएको एमालेका जिल्ला उपसचिव कर्णबहादुर चन्दले बताए । उनले भने ‘कुटपिट गर्नेहरुलाई कारबाहीको माग गर्दै निवदेन दिएका छौं, घाइतेहरुलाई महाकाली अस्पतालमा भर्ना गरेका छौं,’ उनले भने ।

बागफाँटा प्रहरी चौकीका इन्चार्ज वीरेन्द्र पुजराले एमाले र माओवादी कार्यकर्ताबीच सामान्य विवाद भएको बताए । ‘आज बागफाँटामा माओवादीको र्‍याली थियो, त्यो र्‍यालीमा एमालेका कार्यकर्ता पुगेछन्,’ उनले भने, ‘हाम्रो र्‍यालीमा किन आएको भनेपछि विवाद भएको रहेछ ।’

घटनाको विषयमा दुबै पक्षबाट उजुरी आएको भन्दै उनले बोलाएर छलफल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?