+
+

नायिकाले सौगातको ‘२ नम्बरी’को लुक्स बाहिर ल्याएपछि निर्माता असन्तुष्ट !

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते १२:१३

काठमाडौं । छायांकन भइरहेको फिल्म ‘२ नम्बरी’मा सौगात मल्लको पात्र लुक्स सार्वजनिक भएको छ । नायिका उगेन छोदेनले सामाजिक सञ्जालबाट सौगातको लुक्सलाई बाहिर ल्याएपछि निर्माण पक्ष असन्तुष्ट बनेको छ ।

उगेनले सौगातको चरित्र हुलियाका दुई तस्वीर सार्वजनिक गरेकी हुन् । सौगातको ग्याङस्टर लुक्सको हेयरस्टाइल तस्वीरमा देख्न सकिन्छ । फिल्मको दृश्य छायांकन सकिएपछि नायिका छोदेनले मुख्य पात्रको लुक्स बाहिर ल्याएकी हुन् ।

फिल्मको छायांकन अब दुई दिनमा सकिंदैछ भने आफ्नो दृश्यांश छायांकनपछि छोदेन भुटान फर्किइसकेकी छन् । अब गीतको छायांकन बाँकी रहेको प्रस्तुतकर्ता किरण नेपालीले अनलाइनखबरलाई बताए ।

कास्कीको ल्वाङ गाउँमा फिल्म छायांकन भइरहेको छ । छायांकनपछि निर्माण युनिट राजधानी फर्किने तयारीमा छ । फिल्ममा सौगात र छोदेनसहित दयाहाङ राई  र उपासनासिंह ठकुरीको मुख्य भूमिका छ । सौगातले पल शाहको ठाउँमा अभिनय गरेका हुन् ।

मित्रताको कथा पेश गर्ने फिल्म आगामी कात्तिक ४ गते रिलिजको तयारीमा छ । निर्देशक दीपेन्द्र लामा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?