+
+

देउवाको सभामा हिसाब किताब राख्ने मल्लको रहर !

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते १९:१४

२३ वैशाख, डडेलधुरा । नेपाली कांग्रेसको कारबाहीमा परेका डडेलधुराका पूर्व सभापति कर्ण मल्लले पार्टीको २७ गते डडेलधुरामा हुने सभामा बोल्ने मौका पाए सबै हिसाब किताब राख्ने बताएका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी हुने सभामा आफूले १० मिनेट मात्र बोल्न पाए सबै सबै हिसाब किताब राख्ने बताए ।

नेपाली कांग्रेस वीपी र नेकपा एमालेले बसपार्कमा गरेको संयुक्त सभामा मल्लले भने‘ ‘हिम्मत छ भने मलाई २७ गते हुने देउवा दाइको आमसभामा १० मिनेट बोल्न दिनुस्, म कांग्रेसका विद्रोही हरि भट्टका तर्फबाट आफ्ना कुरा राख्छु, २०६७ सालमा म डडेल्धुराको नेतृत्वमा आएपछि के के काम गरे सबै भन्नेछु ।’

मल्लले एमालेसँग गठबन्धन गर्दै कांग्रेस वीपीकातर्फबाट कांग्रेस विरुद्ध उम्मेदवार उठाएका छन् । त्यसपछि उनलाई पार्टीले कारबाही गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?