+
+

फेसबुकको सर्च हिस्ट्री कसरी डिलिट गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते ८:२१

सोसल मिडिया प्लाटर्फम फेसबुकका दैनिक करोडौं सक्रिय प्रयोगकर्ता छन् । वास्तवमा फेसबुक अहिले आम मानिसको जीवनको अहम हिस्सा बनिसकेको छ भन्दा फरक पर्दैन ।

प्लाटर्फमलाई प्रयोगकर्ता मैत्री बनाउन तथा प्रयोगकर्तालाई उत्कृष्ट अनुभव दिनका लागि फेसबुकले निरन्तर विभिन्न नयाँ नयाँ फिचरहरू ल्याउने गरेको छ ।

फेसबुकमा हामीले जुन कुरा सर्च गर्दछौं त्यसको पूरै डाटा फेसबुकमा स्टोर भएको हुन्छ । आफ्नो फेसबुकमा सर्च गरेको विवरण अर्थात् सर्च हिस्ट्री अरुले थाहा नपाउन् भन्ने चाहनुहुन्छ भने तपाईंले सर्च हिस्ट्री डिलिट गर्नुपर्ने हुन्छ । फेसबुकमा सर्च हिस्ट्री कसरी डिलिट गर्ने त ? यसका लागि निम्न प्रक्रिया अपनाउनुपर्दछ :

  • सबैभन्दा पहिले आफ्नो फेसबुक एप खोल्नुहोस् । त्यसपछि सर्च आइकनमा क्लिक गरी Edit अप्सन छान्नुहोस् ।
  • Recent Search को छेउँमै भ्मष्त को बटन रहेको हुन्छ । त्योसँगै तपाईंको एक्टिभिटी लग खुल्दछ ।
  • त्यसपछि Clear Search को विकल्पमा थिच्नुहोस् । यति गरेसँगै तपाईंको फेसबुकबाट सर्च हिस्ट्री पूर्णरुपमा डिलिट हुन्छ ।
  • यस्तै यदि तपाईं फेसबुकको साइटबाट आफ्नो सर्च हिस्ट्री डिलिट गर्न चाहनुहुन्छ भने सबैभन्दा पहिले ब्राउजरमा फेसबुक अकाउन्ट लगइन गर्नुहोस् ।
  • लगइन गरेसँगै दायाँ माथिल्लो छेउँमा ड्रपडाउन एरोको अप्सनलाई छान्नुहोस् । त्यति गरेसँगै तपाईंले Settings and Privacy अप्सन छान्नुपर्ने हुन्छ । त्यसपछि Activity Log को अप्सन छान्नुपर्दछ ।
  • त्यहाँ तपाईंले Logged Actions and Other Activity भन्ने विकल्प छान्नुपर्दछ । त्यसपछि सर्च हिस्ट्रीको अप्सन प्राप्त हुन्छ ।
  • उक्त अप्सनमा तपाईंले Clear Search मा थिचेर आफ्नो फेसबुकको सर्च हिस्ट्री पूर्णरुपमा डिलिट गर्न सक्नुहुन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?