+
+

भारतीय सेनामा कार्यरत गोलरक्षकले छाडे बन्द प्रशिक्षण

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते १२:३०

२५ बैशाख, काठमाडौं । सिनियर खेलाडीले टिम छाडेपछि ल्याइएका भारतीय सेनामा कार्यरत नेपाली खेलाडी भविन्द्र मल्ल ठकुरीले राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण छाडेका छन् । खेलाडी-प्रशिक्षक विावादमा फस्न नचाहेको जानकारी फेसबुकमार्फत दिएर उनले प्रशिक्षण छाडेका हुन् ।

१० वर्षदेखि भारतीय सेनामा कार्यरत उनले नेपालकमो राष्ट्रिय टिममा आउन आफ्नो जागिरे जीवन छा्ेड्नुपर्ने बाध्यता र नेपाली खेलकुदमा भविष्य नरहनुलाई कारण बनाएका छन् ।

नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र खेलाडी विवादका कारण अहिले सिनियर १० खेलाडी प्रशिक्षण बाहिर छन् । प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र खेलाडी विवादका कारण नेपालमा रहेका पहिलो रोजाइका तीन गोलरक्षक अहिले प्रशिक्षकदेखि असन्तुष्ट छन् ।

अन्य खेलाडीको स्थानमा नयाँ खेलाडीलाई ल्याएर प्रशिक्षण गराइरहेका अब्दुल्लाहले गोलरक्षकको स्थान पूर्ति गर्न भारतीय सेनामा कार्यरत मल्ललाई बोलाएका थिए ।

मल्ललाई भारतीय सेनाले विदेश जान रोक लगाएका कारण उनले प्रशिक्षणमा सामेल हुन नचाहेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘भारतीय सेनाले विदेश जान दिएको छैन । जसका लागि मैले १० बर्षको जागिर छोड्नु? कृपया मलाई यो विवादमा नफसाउनुस्, म भन्दा १०० जना राम्रो गोलरक्षक नेपालमा छन् । आफ्नो देशको लागि खेल्नु सबैको सपना हुन्छ । तर दुई दिन खेल्यो त्यसपछि के गर्नु ? भविष्य सुनिश्चित छ?’

एसियन कप छनोटको बन्द प्रशिक्षणमा सुरु भएको यो विवादले अब नेपालले खेल्ने एसियन कप छनोटठलाई प्रभावित गर्ने भएको छ ।

नेपालले छनोट खेल्ने समूह ‘ए’मा कुवेत, जोर्डन र इन्डोनेसिया छन् । नेपाल सम्मिलित एसियन कप छनोटको सबै खेलहरु कुवेतमा हुनेछन् ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?