+
+

जिम्बाबे ‘ए’ले नेपाललाई दियो २१४ रनको लक्ष्य, किशोर महतोले लिए ५ विकेट

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १५:१०

नेपाल र जिम्बावे ए बीचको तीन एकदिवसीय श्रृंखलाको अन्तिम तेस्रो तथा खेलमा जिम्बावे ए’ले नेपाललाई जितका लागि २१४ रनको लक्ष्य दिएको छ ।

वर्षाका कारण मैदान भिजेकोले ३३ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३२.१ ओभरमा सबै विकेट गुमाएर २१३ रन बनाएको हो । जिम्बावेका लागि टाडिवानासेले अर्धशतक प्रहार गरे । नेपालका किशवर महतोले सर्वाधिक ५ विकेट लिए ।

जिम्बावे ए ले आक्रमक सुरुवात गरेको थियो । इन्नोसेन्ट किया र टाडिवानासे मारुमानीले पहिलो विकेटका लागि ४।२ ओभरमै ४० रनको साझेदारी गरेका थिए । मारुमानी ३१ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५० रन बनाए ।

इनोसेन्ट कियाले १४ बलमा १ चौकासहित १२ रन बनाउँदै आशिफ शेखद्ववारा क्याच आउट भए ।

पहिलो पटक नेपालको सिनियर टोलीका लागि खेलिरहेका किशोर महतोले इन्नोसेन्ट कियालाई आउट गर्दै पहिलो विकेट लिए ।

कुडजाई माउन्जेले ३९, रोए कियाले ३६, कप्तान टोनी मुन्योङ्गाले २४, लुक जोङ्ग्वेले १९ र सेफास जुवायोले १६ रन जोडे ।

बलिङमा किशोर महतोले ७ ओभरमा १ मेडन राखेर ४३ रन खर्चँदै सर्वाधिक ५ विकेट लिए । सोमपाल कामीले २ तथा दीपेन्द्र सिंह ऐरी र करण केसीले समान एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?