+
+

विश्व महिला बक्सिङ च्याम्पियनसिपः चन्द्रकला र पुनमले बाई पाए

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १७:०७

२६ बैशाख, काठमाडौं । टर्कीको इस्तानबुलमा सोमबारदेखि सुरु हुने १२औं आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालका दुई बक्सरले पहिलो चरणको प्रतिस्पर्धाबाट बाई पाएका छन् ।

आइतबार राती भएको भएको टाईसिट ड्र अनुसार नेपालकी चन्द्रकला थापा र पुनम रावलले बाई पाएका हुन् ।

४६ देखि ४८ केजी तौल समूहमा नेपालका सुस्मा तामाङले मंगोलियाकी लान्चिव योनसँग मे १० (मंगलबार) को बेलुका प्रतिस्पर्धा गर्नेछिन् । उक्त तौलसमूहमा ३२ जना खेलाडी छन् ।

५० देखि ५२ केजी तौलसमूहमा २८ देशका खेलाडीहरु समावेश छन् । उक्त तौलसमूहमा नेपालकी मिनु गुरुङले जापानकी आर किनोशितासँग मे ११ (बुधबार) मा प्रतिस्पर्धा गर्नेछिन् ।

५४ देखि ५७ केजी तौलसमूहमा चन्द्रकला थापाले प्रारम्भिक चरणमा बाई पाएकी छन् । उनले दोस्रो चरणमा बाई पाएकी भारतीय खेलाडी मनिसासँग मे ११ (बुधबार) मा प्रतिष्पर्धा गर्नेछिन् । यस समूहमा ३६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

५७ देखि ६० केजी र्तालसमूहमा नेपाली खेलाडी पूनम रावलले प्रारम्भिक चरणमा बाई पाएकी छिन् । ३१ राष्ट्रका खेलाडीहरुको सहभागिता रहेको उक्त तौल समुहमा पुनमले ग्रीस र मोरक्कोका खेलाडीबीच पहिलो चरणमा हुने खेलको विजेतासँग मे १५ मा प्रतिस्पर्धा गर्नेछिन् ।

‍च्याम्पियनसिपमा विश्वभरका ७३ राष्ट्रका ३१० खेलाडीको सहभागिता रहेको नेपाल बक्सिङ संघले जनाएको छ ।

आईबाको परिवर्तित नियम अनुसार हरेक राउण्डमा अनिवार्य ३ काउन्ट र एउटा बाउटमा ४ रहने जानकारी आयोजकले जनाएको नेपाल बक्सिङ संघले बताएको छ ।

च्याम्पियनसिपका प्रारम्भिक चरणका खेलहरु मे ९, १०, १३ र १४ तारिखमा सञ्चालन हुनेछन् । बाउट रिभ्यू नहुने आयोजकले बताएकाे छ ।

प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने खेलाडीले क्रमसः १ लाख, ५० हजार र २५ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?