+
+

सुनिलले नेपालमा ल्याए रणवीरको फिल्म ‘जयशभाइ जोरदार’

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २९ गते १३:५५

काठमाडौं । पाका नेपाली फिल्म निर्माता तथा वितरक सुनिल मानन्धर खुलेरै विदेशी फिल्म वितरणमा सक्रिय भएका छन् । उनले यशराज ब्यानरमा निर्माण भएको रणवीर सिंह स्टारर बलिउड फिल्म ‘जयशभाइ जोरदार’को नेपाल राइट खरिद गरेका छन् ।

यो फिल्म आगामी शनिबार नेपालमा रिलिज हुने तयारीमा छ । स्थानीय चुनावको कारण शुक्रबार सिनेमा हल बन्द हुने भएकाले शनिबार प्रदर्शन गर्न लागिएको हो ।

मानन्धरको वितरण कम्पनी सिंहदेवी प्रोडक्सनले भारु २१ लाख (३३ लाख ६० हजार नेपाली रुपैयाँ)मा उक्त फिल्म खरिद गरेको हो । उनले यशराजका अन्य फिल्मलाई पनि नेपालमा ल्याउने जनाए ।

सुनिलले स्थापना गरेको दर्शना आर्ट्सले सन् २०१३ मा शाहरुख खान स्टारर ‘चेन्नई एक्सप्रेस’ समेत वितरण गरेको थियो । उनले पछिल्लोपटक ‘इटी’ फिल्म वितरण गरेका थिए ।

यशराज ब्यानरमा बनेको कमेडी ड्रामा फिल्म ‘जयशभाइ जोरदार’मा रणवीर सिंह, शालिनी पाण्डे र बोमन इरानीको मुख्य भूमिका छ । दिब्यांग ठक्करले फिल्मको लेखन तथा निर्देशन गरेका हुन् ।

अभिनेता सिंहले मंगलबार भिडियो सन्देश जारी गर्दै नेपाली दर्शकलाई हलमा गएर फिल्म हेर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?