
३० वैशाख, काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका दिन २ जेठमा नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा–काठमाडौं रुटमा उडान गर्ने भएको छ ।
२ जेठदेखि नै कुवेतबाट जजिरा एयरवेजले समेत यस विमानस्थलमा उद्घाटन उडान गर्दैछ । नेपाल एयरलाइन्सले एक सूचना जारी गरी यस दिन उदघा्टन उडान गर्न लागेको जनाएको हो ।
काठमाडौंबाट बिहान ६ बजे उड्ने यो जहाज भैरहवाबाट भने ८ बजे काठमाडौंका लागि उड्ने भएको छ । यो दिन ए३२० न्यारोबडी जहाजले उडान गर्ने भएको छ ।
यसअघि नेवानिले वाइडबडी जहाज ३३० बाट परीक्षण उडान गरिएको थियो । यो दिन यात्रुले टिकट काटेर उडान गर्न पाउने छन् ।
नेवानिले ४ हजार ५१० र ७ हजार ४० रुपैयाँ गरी दुई प्रकारको मूल्य सार्वजनिक गरेको छ । टिकट मोवाइल एप र वेवसाइटबाट लिन सकिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4