+
+

कञ्चनपुरको बेलौरीमा माओवादीको अग्रता, पछ्याउँदै एमाले

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १२:२५

३१ वैशाख, महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्रको अग्रता कायम छ । एमालेले पछ्याइरहेको छ ।

मेयरमा माओवादीका पोतीलाल चौधरीले ५२० मतसहित अग्रता लिएका हुन् । एमालेकी कमला बोहराले ४२४ मत पाएकी छन् । कांग्रेसका हरेन्द्रसिंह विष्टले ३४० मत पाएका छन् ।

यसैगरी उपमेयरमा माओवादीकी मञ्जु शाहले ५१०, कांग्रेसकी खिना भण्डारीले ३९६ र एमालेका जोगराम चौधरीले ३८६ मत प्राप्त गरेका छन् ।

बेलौरी नगरपालिका–१ को मतगणना भइरहेको छ । खसेको १ हजार ६ सय ४७ मतमध्ये १ हजार ३ सय ८३ मत गणना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?