+
+

चेल्सीलाई हराउँदै लिभरपुलले जित्याे एफए कपकाे उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते ७:३७

१ जेठ, काठमाडौं । चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै लिभरपुलले चेल्सीलाई पराजित गर्दै एफए कप फुटबलको उपाधि जितेको छ ।

कोन्स्टान्टिनोस सिमिकासले अन्तिम पेनाल्टीमा गोल गरेपछि लिभरपुलको उपाधि जित्नुका साथै एकै सिजनमा सबै चार उपाधि जित्ने सम्भावनालाई पनि कायमै राखेको छ ।
त्यसअघि लिभरपुलका गाेलकिपर एलिसन बेकरले चेल्सीका मासन माउन्टकाे पेनाल्टी प्रहार राेकेका थिए ।

लिभरपुलले यसअघि फेब्रुअरीमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गरी लिग कप जितिसकेको छ । अब लिभरपुलले रिएल मड्रिडसँग २९ मे मा च्याम्पियन्स लिगको फाइनल खेल्नेछ ।

प्रिमियर लिगमा लिभरपुलले दुई खेल बाँकी छ र लिडर म्यानचेस्टर सिटीभन्दा ३ अंकले पछाडि रहेको छ ।

शनिबार राति वेम्बलीमा भएकाे निर्धारित ९० मिनेट र थप ३० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलकाे निर्णय पेनाल्टी सुटआउटबाट भएकाे हाे ।

पेनाल्टीमा लिभरपुलका जेम्स मिल्नर, थियागो अल्कान्तरा, रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्सजेन्डर आर्नोल्ड, डिएगो जोटा र कोन्स्टानसिनोस सिमिकसले गोल गरे । साडियाे माने भने चुके ।

चेल्सीका मार्कुस अलन्सो, जेम्स रिस, रोस बार्क्ली, जोर्हिन्हो र हाकिम जिएचले मात्र गोल गरे । सेजर एज्पिलिक्वेटा र मासन माउन्ट पेनाल्टीमा गोल गर्न सकेनन् ।

लिभरपुलले २००१ यता पहिलोपटक एकै सिजनमा लिग कप र एफए कप जितेको हो । लिभरपुलले एफए कप आठौंपटक जितेको हो । लिभरपुलले भन्दा बढि आर्सनलले १४ र म्यानचेस्टर युनाइटेडले १२ पटक एफए कप उपाधि जितेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?