
१ जेठ, रोल्पा । ७२ वडा रहेको रोल्पामा हालसम्म ३७ वटा वडाको अन्तिम मत परिणाम प्राप्त भएको छ ।
प्राप्त मत परिणामका आधारमा नेकपा माओवादीले २५ वडामा निर्वाचित भएको छ नेपाली कांग्रेस ६, नेकपा एमाले ४ वटा वडामा निर्वाचित भएका छन् । एकीकृत समाजवादी एउटा र स्वतन्त्र उम्मेदवार एउटा वडामा निर्वाचित भएका छन् ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित वडा
रोल्पा नगरपालिका वडा नं १ मा खुमवहादुर थापा, वडा नं २ मा प्रकाश डाँगी, वडा नं ४ मा मित्रलाल गुरुङ र वडा नं ५ मा टोपबहादुर नेपाली, वडा नं ६ मा तुलबहादुर घर्तीमगर, वडा नं ७ मा लालबहादुर घर्तीमगर, वडा नं ८ मा हर्कबहादुर डाँगी निर्वाचित भएका छन् ।
सुनिलस्मृति गाउँपालिका वडा नं १ मा गोवर्द्धन कँवर र वडा नं ३ मा दुर्गावहादुर विष्ट, वडा नं ४ मा ओविलाल वस्नेत निर्वाचित भएका छन् ।
लुंग्री गाउँपालिका वडा नं ५ मा रिकबहादुर रोका, वडा नं ६ मा जोखबहादुर वुढाथोकी र वडा नं ७मा हिरावहादुर पुन निर्वाचित भएका छन् ।
थवाङ गाउँपालिका वडा नं ५ मा गोवर्द्धन घर्तीमगर र वडा नं ३ मा जनक वुढामगर, वडा नं २ मा अविलाशा रोकामगर र वडा नं १ मा हिराप्रसाद बुढामगर निर्वाचित भएका छन् । ५ वटा वडा रहेको थवाङमा नेकपा माओवादी केन्द्रले ४ वटा वडा जितेको हो ।
परिवर्तन गाउँपालिका वडा नं १ मा मैते वुढामगर र वडा नं २ मा हरिप्रसाद घर्तीमगर निर्वाचित भएका छन् ।
त्रिवेणी गाउँपालिका वडा नं १ मा देउराम घर्तीमगर, वडा नं ३ मा तीला वली निर्वाचित भएका छन् ।
रुन्टीगढी गाउँपालिका वडा नं २ मा भिउलाल पुन निर्वाचित भएका छन् ।
माडी गाउँपालिका वडा नं १ मा रोहित सिंह घर्तीमगर र वडा नं २ मा ललित घर्तीमगर निर्वाचित भएका छन् ।
सुनछहरी गाउँपालिका वडा नं १ मा धर्मेन्द्र रोकामगर र वडा नं २ मा कृष्णवहादुर बुढामगर निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित वडा
गंगादेव गाउँपालिका वडा नं १ मा मा अमृतवहादुर वली, वडा नं २ मा अमरबहादुर थापा, वडा नं ७ मा प्रेमप्रकाश केसी निर्वाचित भएका छन् ।
रोल्पा नगरपालिका वडा नं ३ मा राजकुमार पुरी निर्वाचित भएका छन् । रुन्टीगढी गाउँपालिका वडा नं १ मा थमबहादुर घर्तीमगर निर्वाचित भएका छन् । परिवर्तन गाउँपालिका वडा नं ३ मा खिमविक्रम चन्द निर्वाचित भएका छन् ।
नेकपा एमालेका उम्मेदवार निर्वाचित वडा
नेकपा एमालेबाट थवाङ गाउँपालिका वडा नं ४ मा हिक्मत घर्तीमगर निर्वाचित भएका छन् । त्रिवेणी गाउँपालिका वडा २ मा कविराज बुढामगर र गंगादेव गाउँपालिका वडा नं ६ वाट वीरबहादुर वली निर्वाचित भएका छन् । रुन्टीगढी गाउँपालिका वडा नं ३ मा गणेश गिरी निर्वाचित भएका छन् ।
नेकपा एकीकृत समाजवादीका बलबहादुर बुढामगरले जिल्लाको माडी गाउँपालिका वडा नं ३ मा जित हासिल गरेका छन् ।
सुनिलस्मृति गाउँपालिका वडा नं २ मा स्वतन्त्र उम्मेदवार नेत्रबहादुर गिरी निर्वाचित भएका छन् ।
प्रतिक्रिया 4