
२ जेठ, काठमाडौं । डोटीको बोगाटन फुड्सिल गाउँपालिकामा एकीकृत नेकपा माओवादीले जित हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा २६ मतान्तरले माओवादीका कमलबहादुर गडसिला विजयी भएका छन् । एमालेका हस्तबहादुर बुढाले २ हजार २४ मत ल्याएर अध्यक्ष पदमा पराजित भए । कांग्रेसका दिबहहादुर बमले १ हजार ९३४ मत मात्रै पाए ।
उपाध्यक्षमा भने कांग्रेसले बाजी मार्यो । कांग्रेसकी विष्नादेवी कमले २ हजार ६३ मत ल्याएर जित हात पारिन् । एमालेकी ज्ञानकुमारी मल्लले १ हजार ९९१ मत पाएर हारमा चित्त बुभाइन् । माओवादीकी कलावती कुमारी चिमलाले १ हजार ८७१ मत पाइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4