
२ जेठ, भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
अध्यक्षमा एमालेका किरण राई दुई हजार ४९९ मतसहित निर्वाचित भए । माओवादी केन्द्रका नगेन्द्र भुजेल एक हजार ६८८ मतसहित दोस्रो स्थानमा र नेपाली कांग्रेसका मनोज कार्की एक हजार ३७१ मतसहितत तेस्रो भए ।
उपाध्यक्षमा एमालेकै ज्योत्सना राई दुई हजार ४०६ मत ल्याएर निर्वाचित भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी माओवादीकी सम्झना राईले एक हजार ७६९ मत प्राप्त गरिन् ।
तेस्रो बनेकी कांग्रेसकी रामकुमारी राईले एक हजार ३८७ मत प्राप्त गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4