+
+

चम्पादेवीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

म्पादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका नवराज केसी पुन: निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खड्ग कार्कीलाई ५३ मतले पछि पार्दै केसी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १५:००

२ जेठ, ओखलढुंगा । चम्पादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका नवराज केसी पुन: निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खड्ग कार्कीलाई ५३ मतले पछि पार्दै केसी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा केसी चम्पादेवी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । केसीले ४६१३ मत प्राप्त गरेका छन् भने कार्कीले ४५६० मत प्राप्त गरेका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी दिलामाया मगर निर्वाचित भएकी छन् । काग्रेसकी कुसा मगरलाई २३७ मतले पछि पार्दै एमालेकी दिलामाया मगर उपाध्यक्षमा निर्वाचित भएकी हुन् । नेपाली कांग्रेसकी कुसा मगरले ४४७८ र एमालेकी दिलामाया मगरले ४७१५ मत प्राप्त गरेकी छिन् ।

पालिकाको १० वडामध्ये सात वडामा नेपाली कांग्रेसले जितेको छ । बाँकी रहेको तीनमध्ये दुई वडा नेकपा एमाले र एउटा माओवादी केन्द्रले जितेको हो । वडा नं.१ कुलबहादुर श्रेष्ठ, २ मा विष्णु पुलामी मगर, ४ मा ईन्द्र केसी, ५ मा मोहन तामाङ, ८ मा खड्गबहादुर बराल, ९ मा सुजन पौडेल र वडा नं.१० मा रोहित प्रसाद ढुङ्गेलले नेपाली काँग्रेस बाट वडा अध्यक्ष जितेका छन् ।

यसैगरी वडा नं. ३ मा धनबहादुर श्रेष्ठ र ७ मा सुरेश थापाले नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भएका छन् । वडा नं. ६ माओवादी केन्द्रका गणेश खत्रीले चुनाव जितेका छन् । जिल्लाको मोलुङ, खिजिदेम्बा, लिखु गाउँपालिकाको मत गणना अन्तिम चरणमा पुगेको छ ।

सुनकोशी गाउँपालिकाको मत गणना कार्य अन्य पालिका भन्दा ढिलो भइरहेको छ । उक्त पालिकाको दश वडा मध्ये अहिलेसम्म चार वडाको मात्र मत गणना कार्य सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?