+
+

डोटीको सायल र पूर्वचौकी गाउँपालिकामा कांग्रेस विजयी

रामहरी ओझा रामहरी ओझा
२०७९ जेठ २ गते १६:५१

२ जेठ, डोटी । डोटीको सायल गाउँपालिका र पूर्वचौकी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

पूर्वीचौकी गाउँपालिकाका सबै पदहरुमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । सात वटा वडाहरु रहेको उक्त गाउँपालिकाका ३७ वटै पदहरुमा कांग्रेस बिजयीभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिए ।

अन्तिम मत परिणाम अनुसार कांग्रेसका उम्मेदवार रामप्रसाद उपाध्याय आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्णकुमार खड्कालाई २ हजार ९२८ मत अन्तरले विजयी भएका छन् । उपाध्यायले ५ हजार १३३ मत पाउँदा खड्काले २ हजार २०५ मत मात्रै प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि कांग्रेसकी पशुपति खड्का ४ हजार ७२४ मत ल्याई निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धी एमालेकी शारदा साउँदले २ हजार ४४४ मत मात्र प्राप्त गरिन् ।

निर्वाचन अधिकृत भण्डारीका अनुसार सातवटै वडामा वडाध्यक्ष र सदस्यहरुमा कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।

२०७४ सालको निर्वाचनमा पूर्वीचौकीको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको थियो । एमाले बिभाजन हुँदा गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटी एकीकृत समाजवादीमा लागे । उनी हाल सो पार्टीको जिल्ला अध्यक्ष छन् । २०७४ सालमा सात वडामध्ये पाँच वडामा कांग्रेसले जितेको थियो ।

यसैगरी सायल गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा धर्मराज जोशी र उपाध्यक्षमा निर्मला बोहरा निर्वाचित भएका हुन् ।

पूर्वचौकी गाउँपालिका अध्यक्षमा निर्वाचित कांग्रेसका उम्मेदवार जोशीले ३ हजार २४६ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार तथा गाउँपालिका निवर्तमान अध्यक्ष तेजबहादुर डुम्रेलले २ हजार २४० मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै निर्मला बोहरा ओली निर्वाचित भइन् । ओलीले दुई हजार ९३७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एवं गाउँपालिकाका निवर्तमान उपाध्यक्ष विष्नादेवी सिंहले २ हजार १५४ मत प्राप्त गरिन् ।

६ वडा रहेको सायल गाउँपालिकामा वडा नं. १ एमालेले जितेको छ भने अन्य वडाहरुमा कांग्रेसले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?