+
+

खोटाङको साकेला गाउँपालिका अध्यक्षमा कांग्रेसका राई विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १९:४३

२ जेठ, खोटाङ । खोटाङको साकेला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रविप्रकाश राई विजयी भएका छन् । निवर्तमान अध्यक्ष अर्जुनकुमार खड्कालाई पछि पार्दै राई विजयी भएका हुन् ।

राईले १ हजार ८५० मत ल्याउँदा नेकपा माओवादी केन्द्रका खड्काले १ हजार ७७२ मत ल्याएका छन् ।

उपाध्यक्षमा भने माओवादी केन्द्रका बिर्सिका राईले जितिन् । बिर्सिकाले २ हजार १२ मत ल्याउँदा कांग्रेसकी सरिता खड्काले १ हजार २२४ मत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?