+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बाँकेको राप्ती सोनारीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते ९:१५

३ जेठ, बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका तप्तबहादुर पौडेल र उपाध्यक्षमा मनिषा सिंह थारु निर्वाचित भएका हुन् ।

अध्यक्ष पौडेलले १० हजार ११२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका पट्टु थारुले ९ हजार २९२ मत ल्याए ।

उपाध्यक्षमा निर्वाचित कांग्रेसकी थारुले १० हजार १३४ मत ल्याउँदा नेकपा एमालेकी चमेलीकुमारी बाकवलले ९ हजार ३४२ मत ल्याइन् ।

कुल ९ वटा वडा रहेको उक्त गाउँपालिकामा कांग्रेसले कुनैपनि वडा जित्न सकेन । २०७४ मा कांग्रेसले गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित ५ वडा वडा जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?