+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

दाङको शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते ११:४६

३ जेठ, दाङ । दाङको शान्तिनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

अध्यक्षमा प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमा बुढाथोकी निर्वाचित भएका हुन् । अध्यक्ष बस्नेतले एमाले उम्मेदवार विष्णु केसीलाई १ हजार ९२ मत अन्तरले हराए ।

बस्नेतले ५ हजार ७१६ र उनका निकटतम प्रतिस्पर्धी केसीले ४ हजार ५२४ मत प्राप्त गरे । माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार मोहन वलीले २ हजार ७९४ मत ल्याए ।

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी प्रेमा बुढाथोकी विजयी भएकी छन् । उनले ५ हजार ७५० मत ल्याएर उपाध्यक्षमा निर्वाचित हुँदा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी कमला भण्डारीले ४ हजार २८ मत प्राप्त गरिन् । माओवादी केन्द्रकी राधिका परियारको पक्षमा ३ हजार ८० मत पर्यो ।

२०७४ को स्थानीय तह निर्वाचनमा पनि शान्तिनगर गाउँपालिकामा कांग्रेसले नै जितेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?