+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

विन्दवासिनी-३ को मतगणना पुन: सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १६:३९
१ मतले विजयी भएका कांग्रेसका उम्मेदवार जयप्रकाश चौरसिया।

३ जेठ, वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिका वडा नं ३ को मतगणना पुन: सुरु भएको छ ।

अन्तिम मत परिणामलाई लिएर विवाद भएपछि केही समय मतगणना स्थगित भएको थियो तर विवाद गर्नुपर्ने कारण नभएको भन्दै मतगणना सुरु गरिएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले वडाअध्यक्षमा कांग्रेसका उम्मेदवार जयप्रकाश चौरसियालाई विजयी घोषणा गरेपछि विवाद भएको थियो । कांग्रेसका उम्मेदवार चौरसिया एमालेका उम्मेदवार हनिफ मिया जोलाहभन्दा १ मत बढी ल्याएर विजयी भएको निर्वाचन अधिकृत अरुण कुमार कोइरालाले जानकारी दिए ।

अन्तिम २०० मतगणना गर्दा कांग्रेसको उम्मेदवारले बढी भोट ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

शंका लागेको ठाउँमा मतगणनाको क्रममा पुनः गणना गर्ने गरेको बताउँदै विवाद गर्नुको कुनै अर्थ नभएको उनको कोइरालाले बताए । ‘काँग्रेसका उम्मेदवार विजयी भएको औपचारिक घोषणा भइसकेको छ’ उनले भने, ‘आयोगले रिकाउन्टिङ गराउनुपर्ने आवश्यकता हेरेर आदेश दिन्छ भने बेग्लै कुरा हो, हैन भने अदालत जानुको विकल्प छैन ।’

एमालेको आग्रहमा केहिबेर स्थगित गरिए पनि मतगणना पुनः सुरु गरिएको उनले बताए ।

वडा नं ३ को अन्तिम मत परिणाममा एमालेका प्रतिनिधिले भने हस्ताक्षर नगरेको निर्वाचन अधिकृतको कार्यालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?