+
+

मध्यपुर थिमीको मेयरमा कांग्रेसका श्रेष्ठ निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १:४०
मध्यपुर थिमीको मेयरमा निर्वाचित सुरेन्द्र श्रेष्ठ (दाँया) र उपमेयरमा निर्वाचित विजयकृष्ण श्रेष्ठ ।

४ जेठ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान मेयर मदन सुन्दर श्रेष्ठलाई चार हजार ६३ मतान्तरले पराजित गर्दै सुरेन्द्र मेयरमा निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार सुरेन्द्रले १५ हजार ९८ मत पाएका छन् भने मदन सुन्दरले ११ हजार ३५ मत पाएका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका आशाहरि प्रजापतिले दुई हजार २५ मत पाएका छन् ।

उपमेयरमा भने नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । उनले १२ हजार १०२ मत पाएका छन् भने नेकपा एमालेकी उत्तरा नेपालले आठ हजार ९६३ मत पाएकी छन् । नेपाल मजदुर किसान पार्टीकी दीक्षा बाडेले दुई हजार ७२२ मत पाएकी छन् ।

नगरका ९ वटा वडामध्ये ६ वटाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने दुई वटामा नेकपा एमाले र एउटामा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । यो नगरपालिकामा नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग तालमेल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?