४ जेठ, सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर जनमत पार्टीले जितेको छ । यो पार्टीबाट मेयर पदका उम्मेदवार वीरेन्द्र माझी निर्वाचित भएका छन् ।
माझीले जसपाका उम्मेदवार एवं निवर्तमान मेयर शैलेश साहलाई १६१ मत अन्तरले पराजित गरेका हुन् । माझी ६ हजार ४०७ मत ल्याएर निर्वाचित हुँदा साहले ६ हजार २४६ मत प्राप्त गरे ।
साह २०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट मेयरमा निर्वाचित भएका थिए । पछिल्लो समय उनी जसपामा थिए । हनुमानगर कंकालिनी जितसँगै जनमत पार्टीले आफ्नो जितको पहिलो खाता खोलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4