+
+

लेटाङ नगरपालिकाको मेयर र उपमेयरमा एमाले उम्मेदवार विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते ११:०७

४ जेठ, विराटनगर । मोरङको लेटाङ नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेस-माओवादी केन्द्र गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका भुपेन्‍द्रकुमार लावती मेयरमा निर्वाचित भएका हुन् । उपमेयरमा कृष्णकुमारी पोखरेल निर्वाचित भएकी छन् ।

लावतीले १० हजार २२७ मत प्राप्त गर्दा गठबन्धनतर्फका कांग्रेस उम्मेदवार ज्ञानेन्द्र ढकालले ८ हजार १०५ मत ल्याए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार कृष्‍णकुमार लिम्‍बुले २८२ मत पाए ।

उपमेयरमा निर्वाचित पोखरेलले ९ हजार ४६० मत प्राप्त गरिन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्‍णप्रसाद लम्साल ४ हजार ९०५ मत ल्याए । नेकपा एकीकृत समाजवादीकी उम्मेदवार शान्ति पाख्रिन लामाले १ हजार ६६७ मत प्राप्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?