+
+

सुनको मूल्य तोलामा १००० रुपैयाँले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १२:०६

६ जेठ, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामै एक हजार रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

बढेको मूल्यसँगै छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुनको मूल्य ९६ हजार ३ सय र तेजावी सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै शुक्रबार चाँदीको मूल्य १२ सय ७० रुपैयाँ तोकिएको छ । बिहीबार तोलामा १२ सय ५५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?