+
+

महोत्तरीको बलवा नगरप्रमुखमा लोसपा र उपप्रमुखमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १९:०७

६ जेठ, काठमाडौं । महोत्तरीको बलवा नगरपालिका प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामविजय महतो र उपप्रमुखमा नेपाली कांग्रेसकी उम्‍मेदवार रामदुलारी देवी निर्वाचित भएकी छन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विनोद कुमार यादवलाई १००० बढी मतले हराउँदै महतो नगरको प्रमुखमा निर्वाचित भएका हुन् ।

महतोले ५ हजार ७८३ मत ल्याउँदा कांग्रेसका यादवले ४ हजार ६७० मात्र मत ल्याए ।

यस्तै जनता समाजवादीका धिरेन्द्र प्रासद यादवले २ हजार ३०९, माओवादी केन्द्रका राम सुन्दर यादवले २ हजार ३०२ मत ल्याए ।

यस्तै नगरपालिकाको उपप्रमुखमा कांग्रेसकी राम दुलारी देवीले ५ हजार १०८ मत ल्याएर निर्वाचित भएकी हुन् । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीकी श्रीमती रेखा कुमारीलाई २७ मतले पराजित गरिन् ।

रामदुलारीले ५ हजार १०८ मत ल्याउँदा श्रीमती रेखा कुमारीले ५ हजार ८१ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?