+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

जनकपुरको मेयरमा स्वतन्त्र उम्मेदवारलाई २५४१ मतको अग्रता, उपमेयरमा कांग्रेस अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ७ गते १४:१७

७ जेठ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोज साहले अग्रता बढाउँदै लगेका छन् । उनले आठ हजार ४३६ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले पाँच हजार ८९५ मत ल्याएका छन् भन् तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरीले तीन हजार ४० मत पाएका छन् ।

चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बलराम महतोले दुई हजार ५७५ र सत्तारुढ दलहरुको पनि समर्थन पाएका जनता समाजवादी पार्टीका उम्मेदवार तथा निवर्तमान मेयर लालकिशोर साहले दुई हजार ३७३ मत पाएका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार किशोरी साहले नौ हजार ४४५ मत पाएर अग्रस्थानमा छिन् । दोस्रो स्थानमा रहेकी एमाले उम्मेदवार रुणाकुमारी झाले ६ हजार ९०४, लोकतान्त्रिक समाजवादी पार्टीकी रीताकुमारी मिश्रले तीन हजार ५९ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले दुई हजार ४९६ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?