+
+

नेपाली टिमका बलिङ प्रशिक्षकलाई अमेरिकाले भिसा दिएन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ७ गते १४:४२

७ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलिङ कोच धम्मिका प्रसादलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।

श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासले भिसा नदिएको भन्दै उनले ट्वीट गरेका छन् ।

क्रिकेट विश्वकप लिग टू खेल्न नेपाल अमेरिका जाँदै छ । नेपाली क्रिकेट टिमको बलिङ कन्सलटेन्ट धम्मिका नेपाली टिमलाई बलिङको प्रशिक्षण दिन अमेरिका जान लागेका थिए ।

तर उनलाई अमेरिकाले भिसा नदिएको हो ।

अमेरिकाको टेक्सास राज्यमा जुन ६ देखि १६ सम्म हुने क्रिकेट विश्वकप लिग टूमा नेपालले अमेरिका र ओमानसँग खेल्ने छ ।

ओमानमा भएको चार देशीय टी-२० सिरिज र टी-२० विश्वकप ग्लोबल क्वालिफायरसहितका प्रतियोगितामा धम्मिकाले नेपाली खेलाडीलाई बलिङको प्रशिक्षण दिएका छन् ।

३८ वर्षीय धाम्मिकाले श्रीलंकाबाट २५ टेस्ट, २४ एक दिवसीय अन्तर्राष्ट्रिय खेल र एक टि-२० अन्तर्राष्ट्रिय खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?