+
+

जनमत पार्टीले जितेको पालिका : विपन्नलाई रासन कार्ड, किसानलाई पेन्सन !

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते २१:०५

९ जेठ, सप्तरी । जनमत पार्टीले जितेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले जन्म, विवाह र मृत्यु दर्ता जनताको घरदैलोमै पुगेर बनाइदिने भएको छ ।

नगरपालिकाको मेयरमा निर्वाचित वीरेन्द्र माझीले जन्म, विवाह र मृत्यु र्ताका साथै बृद्धभत्ता पनि घरमै पुगेर उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सोमबार लिखित प्रतिवद्धता सार्वजनिक गर्दै विपन्न परिवारलाई रासन कार्ड र वृद्ध किसानलाई पेन्सन उपलब्ध गराउने बताएका छन् ।

‘नगरपालिकाभित्र भोकै बस्नुपर्ने अवस्थाका अति विपन्न वर्ग परिवारको पहिचान गरी उनीहरुलाई रासन कार्ड उपलब्ध गराइने र सुकुम्बासीको पहिचान गरी प्रदेश र संघीय सरकारको समन्वयमा उनीहरुलाई भूमि उपलब्ध गराइनेछ’ प्रतिबद्धता पत्रमा भनिएको छ, ‘जग्गा र घर समेत नहुने अति विपन्न वर्ग परिवारलाई पहिचान गरी उनीहरुलाई एकीकृत वस्ती मार्फत् वासको व्यवस्था गरिनेछ ।’

लुगाको समस्या हुनेका लागि नगरपालिकाभित्र क्लथ बैंक स्थापना गरिने र त्यहाँबाट निःशुल्क लुगा उपलब्ध गराउने मेयर माझीको प्रतिवद्धता छ ।

किसानलाई विभिन्न भागमा वर्गीकरण गरी किसान कार्डको व्यवस्था गर्दै निःशुल्क कृषि मिटर उपलब्ध गराउनुका साथै नगरपालिकाले तोकेको हदसम्म कृषि बिजुली निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता पनि माझीले गरेका छन् ।

‘नगरपालिकामा कृषि औजार लाइब्रेरी स्थापना गर्दै वैकल्पिक जिविकोपार्जन नहुने किसानको पहिचान गरी वृद्ध किसानको लागि किसान पेन्सन योजना लागू गरिनेछ’ प्रतिबद्धता पत्रमा भनिएको छ ।

नगरपालिकाभित्र तोकेको मापदण्ड पुग्ने हरेक नागरिकलाई कम्तीमा न्यूनतम स्वास्थ्य बीमा उपलब्ध गराउन र नगरपालिकाभित्रका अस्पतालमा निःशुल्क औषधिको व्यवस्था गर्न पहल गरिने तथा वृद्ध तथा अशक्तलाई घर घरमा चिकित्सक गएर नियमित स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउने पनि प्रतिबद्धता गरिएको छ ।

नगरपालिकाको वडा नम्बर १ र ४ मा झोला र बनाना चिप्स उद्योग खोलेर वा खाल्न लगाएर पहिलो चरणमा सयदेखि १ सय ५० जनाले रोजगारी पाउने व्यवस्था गरिने पनि मेयर माझीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?