+
+

बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १९:३५

१० जेठ, तनहुँ ।  पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका वडा ५ तल्लो गुणादी सिर्दीमा बस र स्कुटर एकअपासमा ठक्कर खाँदा एक महिलाको मृत्यु भएको छ भने एक पुरुष घाइते भएका छन ।

मृत्यु हुनेमा स्कुटरमा सवार भिमाद २ कि ४० वर्षीया पवित्रा थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी युवराज खड्काले जानकारी दिए ।

घाइते हुनेमा थापाको नातामा छोरा पर्ने २० वर्षीय सुशील थापा रहेको प्रहरीले जनाएको छ ।

पोखराबाट दमौलीतर्फ आउदै गरेको ना ४ ख ८४४५ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको ग २० प ६३३६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । घाइते थापाको पोखरा स्थित फिष्टेल अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?