
१० जेठ, तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका वडा ५ तल्लो गुणादी सिर्दीमा बस र स्कुटर एकअपासमा ठक्कर खाँदा एक महिलाको मृत्यु भएको छ भने एक पुरुष घाइते भएका छन ।
मृत्यु हुनेमा स्कुटरमा सवार भिमाद २ कि ४० वर्षीया पवित्रा थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी युवराज खड्काले जानकारी दिए ।
घाइते हुनेमा थापाको नातामा छोरा पर्ने २० वर्षीय सुशील थापा रहेको प्रहरीले जनाएको छ ।
पोखराबाट दमौलीतर्फ आउदै गरेको ना ४ ख ८४४५ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको ग २० प ६३३६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । घाइते थापाको पोखरा स्थित फिष्टेल अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4