+
+

सुन चाँदीको भाउ घट्यो 

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १२ गते १२:२८

१२ जेठ, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ ।

बिहीबार छापावाल सुनको मूल्य ९७ हजार ८ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य १ हजार २७० रुपैयाँ कायम भएको छ ।

बुधबार ९८ हजार २ सय रुपैयाँमा छापावाल र ९७ हजार ७ सय रुपैयाँमा तेजावी सुन तथा १ हजार २७५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?